Wednesday, February 21, 2024

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

ताजा / भरखरै प्राप्त

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

आईतवार हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको द्वन्द्व पिडित बालगृहमै एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा स्कुल ब्याग वितरण गरेको संस्थाले जनाएका हो । उक्त शैक्षिक सामाग्री हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा वितरण गरिएको थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट बाल गृहका २९ जना बालबालिकाहरुलाई एक/एक थान स्कुल ब्याग र अन्य शैक्षिक सामाग्री वितरण गरिएको संस्थाको हरिवन नगरपालिका–४, मा रहेको शाखा प्रमुख धिरज राजवंशीले जनाकारी दिए । यसरी साहारा विहिन बालबालिकाहरुका लागि अभिभावकत्व ग्रहण गरी शैक्षिक सामाग्री वितरण गरिदिएको भन्दै बालगृह परिवारले संस्था प्रति धन्यवाद समेत ज्ञापन गरेका थिए ।

विभिन्न द्वन्द्व पिडित ३० जना बालबालिकाहरुले बालगृहमा आश्रय लिएर बसिरहेका छन् । यसरी विभिन्न संघ, संस्था तथा मनकारी ब्यक्तिहरुको सहयोगले संस्था संचालनमा थप टेव पुगेको संस्थाका नविन स्यांबोले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles