Thursday, June 13, 2024

ट्रकको ठक्करबाट ईरिक्सामा सवार स्कुले बालबालिका घाईते

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा ट्रकको ठक्करबाट ईरिक्सामा सवार स्कुले बालबालिका घाईते भएका छन् ।

बिहिवार बागमती नगरपालिका–४, स्थित भित्री सडक खण्डमा ट्रकको ठक्करबाट ईरिक्सामा सवार ११ जना स्कुले बालबालिका घाईते भएका हुन् । ना ५ ख ७७०५ नम्बरको ट्रकले ब्याक गर्ने क्रममा ०३–००१ ह ११२८ नम्बरको ईरिक्सालाई ठक्कर दिएको ईलाका प्रहरी कार्यलय कर्मैयाले जनाएको हो ।

ट्रकको ठक्करबाट बागमती नगरपालिका–११, स्थित पशुपति सामुदायिक बिद्यालय बागमतीमा अध्यनरत ११ जना बालबालिका घाईते भएका हुन् । घाईते मध्य ३ जनाको शरिरको विभिन्न भागमा चोट लागेकाले उनीहरुलाई उपचारको लागि लालगढ अस्पताल बर्दिवास पठाईएको प्रहरीले जनाएको छ ।

बाँकी ८ जना स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात घर गईसकेका प्रहरीले जनाएको हो । दुर्घटनामा संलग्न ट्रक र ईरिक्सा तथा त्यसका दुवै जना चालकलाई नियन्त्रण लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles