Thursday, June 13, 2024

जनमत पार्टीले सर्लाही इन्चार्जमा यादवलाई तोक्यो

ताजा / भरखरै प्राप्त

राधेश्याम कुशवाह, सर्लाही–डा. सिके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीको इन्चार्ज श्रीचन राय यदव(सुजन) तोकिएका छन् ।

शुक्रवार जनमत पार्टी केन्द्रिय समितिले एक विज्ञप्ती जारी गर्दै यादवलाई सर्लाही जिल्ला इन्चार्ज तोकेको हो । यादव गएको माघमा जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सिके राउतलाई भेटेर जनमत पार्टी प्रवेश गरेका श्रोतको भनाई छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अघि मात्र यादवले नेकपा(माओवादी केन्द्र) पार्टी परित्याग गरेका थिए । त्यस पछि यादव प्रदेश सभा सदस्यको लागि सर्लाही क्षेत्र नम्बर ४(ख) बाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

निर्वाचनमा यादवको पक्षमा केही सम्मान जनक मत परेपछि उन्को चर्चा चुलिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles