Tuesday, January 21, 2025

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

ताजा / भरखरै प्राप्त

राजु तामाङ, हरिवन
सर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा फार्ममा आगलागी भएको हो । आगलागीबाट अन्दाजी करिब ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ ।

घरका मान्छे सबै बजार गर्न गएको बेला दिउँसो साढे १२ बजे तिर आगाे फारममा सल्किएकाे हो । केही दिनदेखि हरिवन नगरपालिका वडा नम्बर ८, ९ र १ मा पर्ने शिवेश्वर सामुदायिक वन र हरिवन वडा नम्बर ८ र १ मा पर्ने मनकामना सामुदायिक वनमा आगो फैलिएकाे छ ।

फारममा रहेका बाख्रा जंगल चराउन लगेकाले बचेकाे स्थानिएकाे भनाई छ । आगो गाउँलेहरु र हरिवन नगरपालिकाको वारुण यन्त्र (दमकल) काे सहयाेगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएकाे थियाे। समयमै आगो नियन्त्रणमा आएकाेले गाउका अन्य घरहरू बचेका स्थानियले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles