Wednesday, February 21, 2024

चोरीको तामाका तार सहित भारतीय नागरिक पक्राउ

ताजा / भरखरै प्राप्त

बलरा–सर्लाही प्रहरीले बलरा नगरपालिका स्थित बालुवा भारबाट चोरीको तामाको तार बरामद गरेको छ ।

आईतवार प्रहरीले बलरा नगरपालिका–८, स्थित हुलाकी राजमार्ग नजिकै बालुवा भारबाट तामाको तार बरामद् गरेको हो । नजिकै निर्माण भईरहेको बिद्युत सव–स्टेसनबाट चोरी भएको तामाको तार लुकाएर राखेको अवस्थामा बरामद् भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

चोरी भएको तामाको तार १६ वटा बोरामा प्याक गरेर परालको कुन्यूमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले तार चोरीमा संलग्नको आशंकामा भारतको बिहार राज्यको मोतिहारी झझोखत थाना ग्राम बिष्णुपुर –११ बस्ने १९ बर्षका साजन कुमार सोनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सुचना अधिकारी डिएसपी कैलाश राईले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles