Tuesday, October 8, 2024

खप्तड गोल्डकप : एपीएफलाई हराउँदै बागमती क्वाटरफाइनलमा

ताजा / भरखरै प्राप्त

बागमती यूवा क्लब सर्लाही, मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार धनगढी रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टिम एपीएफलाई १–० गोल अन्तरले हराउँदै बागमती यूवा क्लव प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो । बागमतीका अनिल राना मगरले खेलको चौथो मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।

जित सगैँ बागमतीले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँगको भेट पक्का गरेको छ । बिहीबार सुरु प्रतियोगिता चैत १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ ए डिभिजन, २ विदेशी र एक मोफसल र आयोजक गरि १० टिम सहभागी छन् । प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार ए डिभिजन क्लब खुमलटार एफसी र एभिनिर एफसी क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles