Wednesday, February 21, 2024

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

ताजा / भरखरै प्राप्त

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

मंगलवार महासंघका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको प्रेस बिज्ञप्ती मार्फत मनोनित १७ जनाको नाम सार्वजनिक गरिएको हो । सोही मध्य सर्लाहीबाट कोईराला मनोनित भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले गणेश चन्द्र तिमल्सिनाको अध्यक्षतामा नेपाल किसान महासंघको केन्द्रिय तदर्थ कार्यसमिति गठन गरेका थिए ।

सर्लाहीबाट मनोनित कोईराला सर्लाहीको लालबन्दी–१, स्थित जुटपानिमा पद्वम भुवनेश्वरी नमुना बृद्ध सेवा आश्रम ब्यवस्थापक समेत हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles