Thursday, June 13, 2024

अखिल क्रान्तिकारी तथा गठवन्धनबाट निर्वाचित पदाधिकारीलाई सम्मान

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, बागमती–सर्लाही काठमाण्डौ सम्पर्क समन्वय समितिले जिल्लाको दुई क्याम्पसबाट स्ववियूमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

शनिवार बागमती–४, नगरपालिका सभाहलमा एक कार्यक्रममा बिच नेकपा(माओवादी केन्द्र) निकट सर्लाही काठमाण्डौ सम्पर्क समन्वय समितिले अखिल क्रान्तिकारी तथा गठवन्धनबाट निर्वाचित स्ववियू पदाधिकारीहरुलाई सम्मान गरेको हो । गत चैत ५ गते भएको स्वतन्त्र बिद्यार्थी यूनियन(स्ववियू) निर्वाचनमा चत्तुरभुजेश्वर जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्वमा सचिव बाहेक सबै पदाधिकारी निर्वाचित भएका थिए ।

यस्तै जनज्योती बहुमुखी क्याम्पसमा गठवन्धनको तर्फबाट सचिवकी उम्मेदवार अखिल क्रान्तिकारीकी अनिता कुमारी बुढाथोकी विजयी भएकी थिईन् । उनीहरुलाई खादा ओडाएर तथा सम्मान–पत्र सहित सम्मान गरिएको सर्लाही काठमाण्डौ सम्पर्क समन्वय समितिका सचिव शम्भु नेपालले जानकारी दिए । कार्यक्रममा चत्तुरभुजेश्वर जनता बहुमुखी क्याम्पसबाट स्ववियू सभापतिमा निर्वाचित प्रेमराज दहाल र जनज्योती क्ययाम्पसबाट सचिवमा निर्वाचित बुढाथोकीले आफ्नो अनुभव समेत राखेका थिए ।

कार्यक्रम मार्फत नव निर्वाचित पदाधिकारीहरुलाई हौसला सहित आगामि सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरिएको सर्लाही काठमाण्डौ सम्पर्क समन्वय समितिले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles