Wednesday, February 21, 2024

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाही–७३ औँ प्रजातन्त्र दिवस आयोजक मुल समारोह समिति सर्लाहीले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

आईतवार जिल्ला सदरमुकाम मलंगवामा छुट्टा छुटै चार वटा कार्यक्रम सम्पन्न गरिएको हो । पुर्व निर्धारित कार्यक्रम अन्तरगत जिल्ला स्थित प्रादेशिक अस्पतालमा विमारीहरुलाई फलफुल वितरण, प्रभातफेरी, रक्तदान, झण्डोतोलन कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रशासनक कार्यलय सर्लाहीले जनाएको छ ।

कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यलय परिसरमै रक्तदान शिविर समेत सम्पन्न गरिएको थियो । यस पहिला प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, चारवटै सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यलयका प्रमुख एवं प्रतिनिधिको टोली प्रादेशिक अस्पताल पुगेर उपचारर्त विमारीहरुलाई फलफुल वितरण गरेका थिए ।

त्यस पछि मलंगवन नगरपालिका क्षेत्रका विभिन्न विध्यालयका बिध्यार्थीहरुको समेत सहभागितामा प्रभातफेरी सम्पन्न गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको हो । त्यसपछि प्रशासन कार्यलय पुगेको प्रभातफेरीले शहिदहरुको तस्विरमा अविर तथा माल्यार्पण गर्दै झण्डोतोलन गरी औपचारिक कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रशासन कार्यलयका कम्प्यूटर अपरेटर मुकेश झाले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक कौशल किशोर सिंह, नागरिक समाजका अगुवा संचारकर्मी लगाएको सहभागिता रहको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles