सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

मंगलवार बागमती नगरपालिका–१२ र ४ स्थित भरतताल प्रांगढमा जिल्लाका माझी समुदायले जम्मा भएर लदीपुजा मनाएका हुन् । विगत केही बर्ष यता देश भरमा माझी समुदायले फागुन महिनाको साईलो मंगलवारलाई प्रमुख चाड लदी पुजाको रुपमा मनाउदै आएका छन् । परम्परागत भेषभुषामा सजियका माझी समुदायका यूवा यूवतीहरुका कारण कार्यक्रम स्थलमा रौनकता छाएको थियो ।

लदी पुजाको अवसरमा भब्य सास्कृतीक समारोह सम्पन्न गरिएको नेपाल माझी उत्थान सघंका जिल्ला अध्यक्ष राज कुमार कुशवारले जानकारी दिए । संविधान सभा सदस्य नरेन्द्र साहको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा राष्ट्रिय एवं स्थानीय स्थानीय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले यस्ता संस्कृती संरक्षणमा सबैले हातेमालो गर्नु आजको आवश्यक्ता भएको बताए ।

नेपाल माझी उत्थान संघ सर्लाहीको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय कलाकार सुगम पोखरेल, प्रकाश सपुत, सिता माझी लगाएतले गित मार्फत मन्त्रमुग्द बनाए । भने, मोडल तथा नृत्यंगना अन्जली माझीको समेत बिषेश प्रस्तुती रह्योे । यस पहिला जिल्लाका विभिन्न स्थानबाट उपस्थित माझी समुदायले आफ्नो धार्मिक तथा सांस्कृतीक परम्परा अनुसार बागमती नदी किनारमा लदि पुजा तथा सामुहिक भोज समेत गरेका थिए ।
कार्यक्रमका अधिकांस बक्ताहरुले माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदी पुजाको संरक्षण र सम्बर्धनमा जोड दिए । कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमार मोक्तान, नेकपा एमाले नेतृ रिता मैनाली, अखिल नेपाल महिला संघकी जिल्ला सचिव विवा नेपाल, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि लगाएतको आतिथ्यता रहेको कार्यक्रम संचालिका अनिता माझीले जानकारी दिईन् ।
माझी समुदायले लदी पुजालाई प्रकृती पुजाको रुपमा समेत लिने गरेका छन् । सर्लाहीका माझी समुदायले गत बर्ष देखीमात्र औपचारिक समारोहका विच लदी पुजा कार्यक्रम आयोजना गर्न सुरुगरेका हुन् ।