हरिवन–नेपाल तामाङ घेदुङको भातृ संगठन बिद्यार्थी घेदुङको मधेस प्रदेश र सर्लाही जिल्लाको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।
शनिबार हरिवनमा भएको अधिवेशनले दुवै कमिटिको नयाँ नेतृत्व समेत चयन गरेको हो । रोहित मोक्तानको अध्यक्षतामा २५ सदस्य घेदुङको प्रदेश कमिटी र चन्द्र स्याङ्तानको अध्यक्षतामा १७ सदस्य रहने गरी सर्लाही जिल्ला कमिटि गठन भएको घेदुङ प्रदेश कमिटिले जनाएको हो । दुवै कमिटि सर्वसम्मत रुपमा गठन भएको भएको थियो ।
घेदुङ जिल्ला कमिटिको उपाध्यक्षमा पेम्बा वाईबा, अनुकुल थिङ चयन भएका छन् । भने, सचिवमा निर्मल घिसिङ, कोषाध्यक्षमा रोशनी ङेसुर र अन्य सदस्यहरु चयन भएका छन् । विद्यार्थी घेदुङका प्रदेश ईन्चार्ज जेन्जे लामाको अध्यक्षमा सम्पन्न अधिवेशनमा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यता र निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा घेदुङ सचिवालय सदस्य तथा प्रदेश अध्यक्ष यमलाल गोले, केन्द्रीय सदस्य जयमान पाख्रिन, पूर्व केन्द्रीय सदस्य द्वय खड्ग बहादुर बोम्जन र अर्जुन योन्जन, प्रदेश उपाध्यक्ष संजिव मोक्तान, युवा घेदुङका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईन्चार्ज सचित ङेसुर, रौतहट जिल्ला अध्यक्ष बालकुमार रुम्बा, बागमती नगर अध्यक्ष जय गोले, लालबन्दी नगर अध्यक्ष बुद्ध थिङ, महिला नेतृ सोनी कुमारी बोम्जन, शिक्षक सुरेश पाख्रिन, राम स्याङ्तान लगायतको आतिथ्यता रहेको घेदुङ सर्लाहीले जनाएको हो ।
कार्यक्रममा प्रदेशका आठवटै जिल्लाबाट विद्यार्थी प्रतिनिधिहरुको समेत उपस्थिति रहेको कार्यक्रम संचालक राजु लो तामाङले जानकारी दिए ।