बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ ।
बुधवार भोलीबाट बागमती नगरपालिका र काठमाण्डौ स्थित तिलगंगा आखाँ प्रतिष्ठानको सम्यूक्त आयोजनामा आखाँ शिविर सुरुहुन लागेको आयोजक बागमती नगरपालिकाले जनाएको हो । शिविरमा उपस्थित भएर निशुल्क आखाँ चेक जाचँ गर्न सकिने बागमती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पदम बहादुर रायमाझीले जानकारी दिए ।
शिविर अन्तरगत भोली १७ गते देखी २९ गते सम्म बागमती, हरिवन, हरिपुर र बरहथवा नगरपालिका तथा बसबरिया र रामनगर गाउँपालिकाका विभिन्न स्थानमा शिविर संचालन गरिने भएको छ । निशूल्क शिविरमा आखाँ जाचँका क्रममा फेला परेका मोती बिन्दुका बिमारीको निशुल्क सल्यकृया समेत गरिने आयोजक बागमती नगरका ओम बहादुर कार्कीले जानकारी दिए ।
शिविर अन्तरगत फागुण १७ गते बागमती–४, जनज्योती आधारभुत बिध्यालय जिरायत, १८ गते बागमती–१२, जनजाग्रिती आधारभुत बिध्यालय बथनिया, १९ गते, बरहथवा–१, पुरानो वडा कार्यलय रत्न गिरीको घर, २० गते बागमती–३, जनकल्याण आधारभुत बिध्यालय धरहरा, २१ गते बसबरिया–३, भवानीपुर स्वास्थ्य चौकीमा आखाँको (स्कृनिङ) चेकजाचँ गरिने छ ।
यस्तै फागुण २४ गते हरिवन–१, आधारभुत प्राथमिक बिध्यालय पटौँना, २५ गते हरिपुर नगरपालिका–१, स्वास्थ्य चौकी भवन हजारविगाह, २७, २८ र २९ गते बागमती नगरपालिका–८, स्थित नव जन जागरण माध्यामिक बिध्यालय शंकरपुरमा आखाँ जाचँ तथा शिविरबाट छानिएका मोती बिन्दुका बिमारीको सल्यकृया गरिने बागमती स्वास्थ्य शाखा प्रमुख रायमाझीले जानकारी दिए ।
शिविरमा आखाँ जाचँ तथा सल्यकृयाको लागि तिलगंगा आखाँ प्रतिष्ठान काठमाण्डौका बरिष्ठ डाक्टरको टोली खटिने समेत आयोजकले जनाएको हो ।