Friday, February 23, 2024

पुर्व स्वीकृती लिएरमात्र आयोजना कार्यन्वयन गर्न चन्द्रनगरको आग्रह

ताजा / भरखरै प्राप्त

चन्द्रनगर–सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना कार्यान्वयन गर्दा पूर्वस्वीकृती लिन आग्रह गरेको छ ।

मंगलवार सूचना जारी गर्दै गाउँपालिका कार्यलयले अन्य निकायबाट गाउँपालिका क्षेत्र भित्र आयोजना कार्यान्वयन गर्दा पुर्व स्वीकृती लिन आग्रह गरेको हो । जथाभावी आयोजना संचालन गर्दा गाउँपालिकाको योजना संग दोहरोपन पर्नेे, प्राथमिकता विपरित हुने, गाउँपालिकाको गुणस्तर र मापदण्ड बमोजिम नहुने, अभिलेखिकरण नहुने, आयोजना अधुरो रहन जाने लगाएतका खतरा रहेकोले पुर्वस्वीकृती आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

यसरी संचालन भएका योजना कालान्तरमा दुरुपयोगको जोखिम रहेकाले पालिकाले सबैलाई सचेत समेत गराएको छ । चन्द्रनगर गाउँपालिका क्षेत्र भित्र कार्यान्वयन हुने आयोजनाहरुको उपभोक्ता समिती गठन, सहजीकरण, अनुगमन र सुपरिवक्षेण आदि कार्य गाउँपालिकाको गाउँ सभाको निर्णय अनुरुप गर्न गराउन समेत पालिकाले आग्रह गरेको हो । ‘सूचनालाई अटेर गरि पुर्वस्वीकृती विना योजनाहरु संचालन गरिए नियमानुसार हुने व्यहोरा समेत अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles