Wednesday, February 21, 2024

पशुपती सामुदायिक प्राबिको भवन शिलन्यास

ताजा / भरखरै प्राप्त

बागमती-सर्लाहीको बागमतीमा रहेको श्री पशुपती सामुदायिक प्राथमिक बिध्यालयमा पक्कि भवन शिलन्यास गरिएको छ ।

शुक्रवार बागमती नगरपालिका–११, स्थित कर्मैयामा रहेको श्री पशुपति सामुदायिक प्राथमिक बिध्यालयको नयाँ भवन शिलन्यास गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण हुनलागेको ४ कोठे पक्कि भवनको बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले शिलन्यास गरेकी थिईन् । भवन अत्याधुनिक तथा भुकम्प प्रतिरोधी रहने बिध्यालय प्रशासनले जनाएको छ ।

जेठ मसान्त सम्म निर्माण सम्पन्न हुने उक्त भवनको निर्माण लागत कुल ४५ लाख रहेको नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । भवन अभावमा बालबालिकाहरुले साघुरो कक्षाकोठामा बसेर पढ्नु पर्ने बाध्यता रहेको थियो । भवन निर्माण भएपछि बालबालिकाहरुलाई पठन पाठमा थप सहज हुने बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल थापाले जानकारी दिए ।

उक्त भवन शिलन्यास कार्यक्रममा पशुपति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बद्रि खड्का, शिक्षा सेवी लम्बोधर काफ्ले, कविराज उप्रेती, स्थानीय जनप्रतिनिधि बिध्यालयका शिक्षक, शिक्षिका लगाएतको सहभागिता रहेको बिध्यालयमा प्रधानाध्यापक त्रिलोकनाथ सिंहले जनाकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles