राजु तामाङ, बर्दिबास–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मधेस प्रदेश अध्यक्षतामा दुष्यन्त चौधरी सर्वसम्मत चयन भएका छन ।
शनिबार महोत्तरीको बर्दिबासमा रहेको गौतम होटलमा सम्पन्न प्रदेश स्तरीय भेलाले चौधरीको अध्यक्षतामा मधेश प्रदेश कमिटि गठन गरेको हो । फोनिज केन्द्रिय अध्यक्ष गजुर्धन राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले २१ सदस्य प्रदेश कमिटि गठन गरेको निवर्तमान प्रदेश अध्यक्ष प्रमेश बादेले जानकारी दिए ।
भेलाले फोनिज मधेश प्रदेश उपाध्यक्षमा अनिता चौधरी, प्रिया सिंह थारु, महासचिवमा वृजमान तामाङ, सचिवमा रेनुका चौधरी, कोषाध्यक्षमा ज्योति मोक्तानलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा जितेन्द्र प्रसाद चौधरी (सप्तरी), शम्भु चौधरी (सिरहा), नवीन चौधरी (बारा), शम्भु चौधरी (पर्सा), बुधन चौधरी (बारा), उदय पाख्रिन (सर्लाही), मनोज थापा मगर (महोत्तरी) लगायतका चयन भएका छन ।
अन्य सदस्यहरु बाँकी जिल्लाबाट समितिको अर्को बैठकले मनोनीत गर्ने प्रदेश समितिले जनाएको छ । भेलाले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संगठन विभाग सदस्यमा सर्लाहीका बरिस्ठ पत्रकार शंकर श्रेष्ठ र प्रदेश समितिका निवर्तमान उपाध्यक्ष दिपेश श्रेष्ठलाई मनोनीत गरेको छ ।
यस्तै भेलामा फोनिजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लक्की चौधरी, केन्द्रिय उपाध्यक्ष कमान देवान, केन्द्रिय महासचिव मिलन लिम्बु, प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर, प्रदेश प्रतिनिधि, विभिन्न जिल्लाका अध्यक्ष र सचिवहरुको समेत उपस्थिति रहेको थियो ।