Monday, May 20, 2024

अबैध नदि उत्खन्नमा संलग्न उपकरण र चालक प्रहरी नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाही प्रहरीले खोलामा अबैध उत्खन्न गरिरहेका जेसिवी र ट्रिपर चालक सहित पक्राउ गरेको छ ।

शुक्रवार राती लालबन्दी नगरपालिका–१, स्थित लखन्देखी नदिमा अबैध उत्खन्न गरिरहेका २ वटा जेसिवी र ९ वटा टिपर प्रहरीले नियन्त्रण्मा लिएको हो । प्रहरीले ११ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ । लखन्दैही खोलमा अबैध उत्खन्न भईरहेको सूचनाको आधारमा प्रहरी टोली साझ अनुगमनमा पुगेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ना ७ ख २६६५, ना ७ ख ८९२१, ना ७ ख ५९९५, ना ७ ख ५४५६, ना ७ ख ६४३९, ना ७ ख २९८५, ना ७ ख ६७८९, प्र–२–०३–००१ ख ४२४३, प्र–२–०३–००१ ख ०२०१ नम्बरको टिपर र नम्बर नखुलेको दुई वटा जेसिवी रहेको प्रहरीले जनाएको हो ।

पक्राउ परेका जेसिवी र टिपर कुन कम्पनीका थिए ? उनीहरुले कुन प्रयोजनको लागि उत्खन्न गरिरहेका थिए भन्न अझै खुलेको छैन् । पक्राउ परेका सवारी र त्यसका चालकहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनीहरुलाई ईलाका प्रहरी कार्यलय लालबन्दीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles