Friday, January 24, 2025

सिमावती क्षेत्रबाट अबैध सामान सहित ११ जना पक्राउ

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाही प्रहरीले भन्सार छलेर ल्याउदै गरेको सामान सहित ११ जनालाई पक्राउ गरेको छ ।

शुक्रवार सिमा सुरक्षामा खटिको तथा गस्ती प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छलेर ल्याउदै गरेको समान र ८ भारतिय नागरिक सहित ११ जनालाई पक्राउ गरेको हो । उनीहरुले भारतका विभिन्न बजारबाट भन्सार छलिगरेर विभिन्न सामानहरु नेपाल ल्याईपुर्याएका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

बिष्णु गाउँपालिका–६, मिर्जापुर जंगलबाट प्रहरी टोलीले १४ वटा साईकलमा राखेर २८ बोरा युरिया मल नेपाल भित्राउदै गर्दा ८ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका मानिस र बरामद सामाग्री समेत नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकार दिए ।

यस्तै जिल्लाको ब्रह्मपुरी गाँउपालिका–४, त्रिभुवननगरबाट सखुवा जाने भित्री गल्लीबाट अबैध सामान सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छलिगरेर भारतिय नम्बर बिआर ३० एम ०५१४ नम्बरको मोटरसाईलमा ८ काटुन लुगाधुने साबुन, १० किलो तिल लगाएतको सामान बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले सामान, मोटरसाईकल र तस्करीमा संलग्न लाई समते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

यस्तै प्रहरीले बरहथवा नगरपालिका–५, बजार क्षेत्रबाट प्रहरीले अबैध सामान बरामद् गरेको छ । भन्सार छलिगरेर बरहथवा ल्याईपुर्याईएको बिभिन्न सामाग्री ईलाका प्रहरी कार्यलय बरहथवाले बरामद् गरेको हो । सामान ल्याउने ब्यक्ति भने प्रहरीलाई देखे पछि सामान फालेर मोटरसाईकलमा फरार भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैविच मोटरसाईकलमा राखेर यूरिया खाद मल तस्करी गर्दै गर्दा दुईजना पक्राउ परेका छन् । जिल्लाको बलरा नगरपालिका–२ हनुमान चोक नजिकैबाट प्रहरी टोलीले भारतबाट दुई वटा मोटरसाईकलमा राखेर यूरिया मल १० बोरा ल्याउदै गर्दा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिआर ०६ बिटी ९५८४ नम्बरको मोटरसाईकल चालक बरहथवा–१५, बस्ने बर्ष ४० मा मनोज कुमार राय र बिआर ३० एस ४४ ६५ नम्बरको मोटरसाईकल चालक सोही स्थानका ३५ बर्षका लोकेन्द्र साह रहेका प्रहरीले जनाएको हो ।

उनीहरुलाई सामाग्री, उनीहरुले प्रयोग गरेको सवारी सहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles