Friday, February 23, 2024

सर्लाही प्रहरीले ईश्वरपुरमा १ विघा ७ कठ्ठा गाँजा फडानी

ताजा / भरखरै प्राप्त

इश्वरपुर-सर्लाही प्रहरीले प्रतिवन्धित गाँजा खेती फडानी अभियानलाई निन्तरता दिएको छ ।

शुक्रवार मात्र सर्लाही प्रहरीले जिल्लाको इश्वरपुर नगरपालिका–१२, लामिदमारमा स्थानीयले अबैध रुपमा लगाएका गाँजा फडानी गरेको जनाएको छ । इलाका प्रहरी कार्यलय केश्वरगंजबाट खटिएको प्रहरी टोलीले १ बिघा ७ कठ्ठा क्षेत्रफलमा लगाएको गाँजाको बोट फडानी गरेर नष्ट गरेको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

सर्लाही प्रहरीको प्रमुखमा एसपी नरेशराज सुवेदी आए सगैँ जिल्लाको चुरे क्षेत्रमा हुदै आएको अबैध गाँजा खेती नष्ट अभियान संचालन भईरहेको छ । प्रहरीका अनुसार हाल सम्म ३१ बिघा बढि गाँजा खेती नष्ट पारिसको छ । अन्य वाली भन्दा गाँजा खेतीबाट आम्दानी धेरै हुने, तथा सुरक्षा निकायको पहुच समेत कम्जोर रहेको कारण त्यस क्षेत्रका स्थानीय प्रतिवन्धित गाँजा खेती तर्फ आकर्षित हुने गरेका पाहिएको छ ।

यसरी अबैध रुपमा लगाईएको गाँजा फडानी अभियान जारी रहेको जिल्ला प्रहरीका एसपी सुवेदीले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles