सर्लाही–सर्लाही प्रहरीले श्रोत नखुलेको अबैध रुपैया सहित ५ जनालाई पक्राउ गरेको छ ।
शुक्रवार जिल्लाको दुई छुट्टा छुटै स्थानबाट १२ लाख ४५ हजार नेपाली रुपैया सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए । प्रहरी दिउसो मलंगवा नगरपालिका–२, नेपाल–भारत सिमा क्षेत्रबाट दुई लाख नेपाली रुपौया सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको सितामाढी ग्राम पंचायत मरिया–३, तिलहगी निवासी १९ बर्षका राहुल महतो रहेको जिल्ला प्रहरीका एसपी सुरेन्द्रराज सुवेदीले जानकारी दिए । भारतीय बजार सोनबर्षबाट गोरखकाली नाकाहूदै नेपाल तर्फ साईकलमा आउदै गरेका महतोलाई शंकालागेर चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको रुपैया बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मिचोकबाट प्रहरी टोलीले श्रोत नखुलेको १० लाख ४५ हजार नेपाली रुपैया सहित चार जनालाई पक्राउ गरेको छ । सवारी चेकजाँचमा खटिएको प्रहरी टोलीले बरहथवाबाट भारत तर्फ जादै गरेको बागमती प्रदेश ०१–०२५ च १७ ९४ नम्बरको कारबाट उक्त रकम बरामद गरेको जनाएको छ ।
प्रहरीले बरामद रकम सहित कार र कारमा सवार चारै जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा कार चालक काठमाण्डौको बाग्श्वरी मनहरा–८, बस्ने ३२ बर्षका प्रलाद चापागाई र कारमा सवार मनहरा–२, का २७ बर्षका सनम बस्नेत, मनहरा–८ बस्ने ३६ बर्षका शिव चापागाई र ४८ बर्षका कृष्ण दहाल रहेका प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा राखेर प्रहीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका एसपी सुवेदीले जानकारी दिए ।
यसैविच सर्लाही प्रहरीले एक लाख ३३ हजार ७ सय मुल्य बराबरको भन्सार छलिको सामान बरामद् गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार शुक्रवार बरहथवा नगरपालिका–५, बाट प्रहरी गस्ती टोलीले अबैध चुरा बरामद् गरेको हो । प्रहरी गस्ती टोलीले बरहथवाबाट मलंगवा तर्फ जादै गरेको बा १ ख ५४२१ नम्बरको बस चेकजाँच गर्ने क्रममा अन्दाजी ३३ हजार ७ सय मुल्य बराबरको भन्सार छली गरेको १ सय २६ सेट लठ्ठी चुरा बरामद भएको जनाएको हो ।
यस्तै गोडैता नगरपालिका–१२, मधुवनी गाँउबाट प्रहरीले भन्सार छलिको ८ बोरा भेली मिठा बरामद् गरेको छ । जुटको बोरामा प्याक गरेर भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ४० हजार मुल्य बराबरको मिठा बरामद् भएको प्रहरी चौकी मधुवनीले जनाएको हो । मिठा ल्याउने तस्कर भने प्रहरीलाई देखे पछि सामान छाडेर फरार भएको प्रहरीको भनाई छ ।
यस्तै शुक्रवारनै बरहथवाबाट प्रहरीले ६० हजार बराबरको मोटरसाईकलको पार्टपुर्जा बरामद गरेको छ । बरहथवा नगरपालिका–१०, सितापुर चोकबाट भन्सार छलीको अन्दाजी ६० हजार मुल्य बराबरको मोटरसाईकलको पार्ट बरामद भएको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ । बोरामा प्याक गरेर मोटरसाईकलमा सामान ल्याउदै गरेको तस्कर भने प्रहरीलाई देखेपछि सामान फाले र फरार भएको प्रहरीले जनाएको हो ।
बरामद् गरेका सम्पुर्ण भन्सार छलिका सामान जिल्ला भन्सार कार्यलय सर्लाहीमा पठाईएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।