Monday, September 9, 2024

‘शी लिड्स्’ अन्तरगत बागमतीमा अन्तरकृया सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा ‘शी लिड्स्’ कार्यक्रम अन्तरगत बागमती नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यहरु सगँ अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

बागमती नगरपालिका–१२, स्थित होटल ह्यारिसनमा लैङ्गिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला प्रतिनिधिको भुमिकाका सम्बन्धमा पुरुष वडाध्यक्ष र पुरुष सदस्यहरु सगँ अन्तरकृया गरिएको माण्डवी नेपालले जनाएको हो । कार्यक्रममा महिला प्रतिनिधिहरुको नेतृत्व क्षमता विकास तथा सुदृढिकरणको लागि पुरुष सहकर्मीहरुको भुमिकाको विषयमा बिषेश चर्चा गरिएको थियो ।

आईफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग (एसडिसि) र अस्टे«लिन सरकारको आर्थिक सहयोग तथा माण्डवीको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो । ‘शी लिड्स्’ कार्यक्रमले महिला नेतृत्वको भूमिकालाई निरन्तरता दिदै, आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै उनीहरुको भूमिकालाई बढी प्रभावकारी बनाउन सहयोग पुग्ने माण्डवीकी अध्यक्ष अन्जु झाले बताईन्

हाल सर्लाहीको बागमती, बरहथवा, हरिपुर्वा, कविलासी र हरिवन नगरपालिकामा महिला नेतृत्व शी लिड्स् कार्यक्रम संचालन भैरहेको छ । यस परियोजनाले मुख्यत कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयामा अर्थपूर्ण सहभागीताका लागी समग्र नेतृत्व क्षमता सुदृढ गर्ने अपेक्षा गरिएको संस्थाले जनाएकोे छ ।

कार्यक्रममा सहभागि पुरुष वडाध्यक्ष तथा वडा सदस्यहरुले आगामि दिनमा महिला सहकर्मीहरुलाई नेतृत्वमा ल्याउन महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।माण्डवीका नेक महमोद हुसैनको समेत सहभागिता रहेको कार्यक्रममा सहभागिहरुलाई रमा पौडेल र प्रभु चौधरीले सहजिकरण गरेका परियोजनाका कार्यक्रम संयोजक मनिल श्रेष्ठले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles