Wednesday, February 21, 2024

विपन्न वालबालिकाले पाए न्यानो कपडा

ताजा / भरखरै प्राप्त

चन्द्रनगर-सर्लाहीको चन्द्रनगर गाँउपालिका स्थित कामत टोलाका विपन्न बालबालिकाले न्यानो कपडा पाएका छन् ।

शुक्रवार चन्द्रनगर गाँउपालिका–६, कामत टोलाका विपन्न बालबालिकाहरुले न्यानो कपडा पाएका हुन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद ब्यवस्थापन समितिले उक्त सामग्री वितरण गरेको जनाएको छ । संघ सरकार अन्तरगत गृह मन्त्रालयले विभिन्न दाताहरुबाट संकलन गरेर पठाएको सामाग्री प्रभावित परिवार पहिचान गरी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

सामाग्री गत बर्षकोे जाडोमा जिल्ला आईपुगेको थियो । जाडोको अन्तिम तिर आएको सामान केही स्थानमा वितरण पछि बैशाख ३० को स्थानीय चुनाव र गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा चुनावको आचारसंहिताका कारण वितरण गर्न रोकिएको थियो । सोही सामाग्री अहिले धमाधम वितरण गरिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी गौतमको नेतृत्वमा पुगेको टोलीले कामत टोलाका १ सय ५० बालबालिकाहरुलाई जुत्ता, ज्याकेट लगाएतको सामाग्री वितरण गरेको हो । कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, जिल्लाका सुरक्षा प्रमुख, लगाएतको सहभागिता रहको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles