हरिवन–सर्लाहीको हरिवनबाट लागु औषध गाँजा सहित एक यूवक पक्राउ परेका छन् ।
बुधवार प्रहरीले हरिवन नगरपालिका–४, स्थित भित्री सडक खण्डबाट हरिवन नगरपालिका–५, बस्ने २० बर्षका सुनिल महतोलाई लागु औषध गाँजा सहित पक्राउ गरेको हो । दक्षिणबाट ना ४४ प ४२८९ नम्बरको मोटरसाईकलमा उत्तर तर्फ आउदै गरेका महतोको साथबाट ५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
शंका लागेर चेकजाँच गर्ने क्रममा महतोले बोकेको रातो झोलाबाट लागु औषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । बरामद गाँजा, मोटरसाईकल र यूवकलाई नियन्त्रणमा लिएर लागु औषध ऐन अन्तरगत अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं डिएसपी विजय यादवले जनाकारी दिए ।