बागमती–मधेश प्रदेशकै प्रतिष्ठित फुटवल प्रतियोगिता राजर्षि जनक कपको सातौँ संस्करण माघ २५ गतेबाट सुरुहुने भएको छ ।
बागमती यूवा क्लव बागमती सर्लाहीले आयोजना गर्दै आएको प्रतियोगिताको तयारी धमाधम भईरहेको क्लवका अध्यक्ष किस्मत राज मैनालीले जनाकारी दिए । प्रतियोगिता बर्षेनी आयोजना हुदै आएको छ । बिभागिए क्लव, ए डिभिजन, पाहुना टोली, मोफसलका उत्कृष्ठ टिम तथा आयोजक सहित १२ टिम सहभागि हुने प्रतियोगिताको फाईनल खेल फागुन ६ गते हुनेछ ।
अनुमानित लागत ८० लाख रहेको यस प्रतियोगिताको विजेता र उपविजेताले नगद १० लाख र ५ लाख सहित उपाधि प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्लाहीका सर्वोत्कृष्ठ एक खोलाडिले एक थान मोटरसाईकल, प्रतियोगिताको उत्कृष्ठ खेलाडि एक जनाले नगद ५१ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लवका सचिव कुमार प्रधानले जानकारी दिए ।
यस्तै अन्य विभिन्न विधामा समेत खेलाडिलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धन र संस्कृतीको सम्बद्र्धनमा टेवा पुग्ने आयोजक समेत रहेको बागमती नगरपालिकाले जनाएको छ । खेल बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा संचालन हुनेछ ।
प्रतियोगितामा सहभागिहुने क्लवहरु
१. नेपाल पुलिस क्लव,
२. एपिएफ क्लव,
३. मच्छेन्द्र फुटवल क्लव,
४. जावला खेल यूथ क्लव,
५. चर्च ब्वाईज यूनाईटेड,
६. संकटा क्लव,
७. सुदुरपश्चिम–११,
८. धरान फुटवल क्लव,
९. पिप्ले यूवा क्लव,
१०. नवजनजाग्रिती यूवा क्लव सिमरा,
११. पाहुना टोली पारो फुटवल एफसी
१२. बागमती यूवा क्लव बागमती