Friday, February 23, 2024

मोटरसाईकलको ठक्करबाट बृद्धको मृत्यु

ताजा / भरखरै प्राप्त

पर्सा-सर्लाहीको पर्सा गाँउपालिका स्थित संग्रामपुरमा मोटरसाईकलको ठक्करबाट बृद्धको ज्यान गएको छ ।

बुधबार साझ पर्सा गाँउपालिका–२, संग्रामपुरको भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट सोही स्थानका अन्दाजी ७५ बर्र्षका नथुनी बैठाको मृत्यु भएको हो । पैदल यात्रा गरिरहेका बैठालाई बिआर ०१ बि ५९१७ भारतिय नम्बर प्लेट भएको मोटरसाईकलले ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका बैठाको नारायणपुर स्थित स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बृद्धको सव परिक्षणको लागि जिल्ला स्थित प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटना स्थलबाट प्रहरीले मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles