Wednesday, February 21, 2024

बागमती यूवा क्लव ३० औँ त्रिवेणी कपको फाईनलमा

ताजा / भरखरै प्राप्त

बागमती यूवा क्लव सर्लाही ३० औँ त्रिवेणी कप फुटवल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेको छ ।

सोमवार प्रतियोगिताको सेमिफाईनल खेलमा सामना यूवा क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै बागमती फाईनलमा प्रवेश गरेको हो । बागमती यूवा क्लवको जितमा सनम घिमाल र देवा गुरुङले गोल गरे । यो सगैँ बागमतीले फाईनलमा रोड्स रामपुर चितवन सगँको भेट पक्का गरेको छ ।

नकआउट चरणमा खालीवारी यूवा क्लव काठमाण्डौ र क्वाटर फाईनलमा टोखा भगवाती यूवा क्लव काठमाण्डौलाई पराजित पराजित गर्दै बागमतीले सेमिफाईनल यात्रा तय गरेको थियो ।आयोजक त्रिवेणी यूवा क्लव बेसी सहर लमजुङका अनुसार मंगलवार हुने फाईनल खेलका विजेताले नगद ५ लाख र शिल्ड तथा उपविजेताले ३ लाख र शिल्ड प्राप्त गर्ने छन् ।

बागमती युवा क्लव फाईनल जितेर जारी सिजनको पहिलो शिल्ड चुम्ने दाउमा रहेको क्लवका सचिव कुमार प्रधानले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles