Wednesday, February 21, 2024

बयलवासबाट कटुवा पेस्तोल र गोली सहित युवक पक्राउ

ताजा / भरखरै प्राप्त

सर्लाहीका बयलवास बजारबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ परेका छन् ।

बुधवार ईश्वरपुर नगरपालिका–६, बयलवास बजारबाट पेस्तोल र गोली सहित ईश्वरपुर नगरपालिका–५, बस्ने २२ वर्षीय सन्जित कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो । शंकालागेर चेक जाँच गर्ने क्रममा महतोको साथबाट एक थान कटुवा पेस्तोल त्यसका लाग्ने एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय यादवले जनाएको जानकारी दिए ।

पक्राउ परेका महतोलाई इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महतो मोटरसाइकल चोरी गर्ने घटनामा संलग्न हुँदै आएका थिए । जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका पीडितसँग पैसा असुल्ने गरेको उजुरीको आधारमा प्रहरीले विशेष सुराकी टोलीले महतोलाई पक्राउ गरेको हो ।

महतोले मोटरसाइकल चोरी गर्ने र पीडितलाई भारतसम्म बोलाएर २५, ३० हजार रुपियाँ सम्म माग्ने गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी यादवले बताए । मोटरसाइकल चोरीमा संलग्न गिरोहका अन्य व्यक्तिको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles