Tuesday, October 8, 2024

प्रौढ शिक्षा पढेका २५ जनालाई प्रमाण पत्र बितरण

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिकामा प्रौढ शिक्षा पढेका गृहिणी महिला तथा यूवतीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

शनिवार बागमती नगरपालिका–१२, नयाँ बस्ती र काजिराम टोलमा एक बर्षे प्रौढ शिक्षा कक्षा सम्पन्न गरेका २५ जनालाई प्रमाण पत्र वितरण गरिएको हो । बिध्यालय उमेर घर्किएका महिला तथा यूवतीहरुलाई जोन्टा इन्टेरनेशनलको आर्थिक सहयोग तथा यात्रा द्वारा महिला सशक्तीकरण परियोजनाको सहजिकरणमा एक वर्षे प्रौढ शिक्षा कक्षा संचालन गरिएको थियो ।

काजिराम टोल स्थित सार्वजनिक भवनमा आयोजित कार्यक्रमका विचसहभागिहरुलाई बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले प्रमाण पत्र वितरण गरेकी परियोजना संयोजक पबित्रा माझीले जानकारी दिईन् । प्रौढ शिक्षा कक्षा मार्फत सहभागिहरुलाई सामान्य लेख पढ गर्न सक्ने अवस्थामा पुर्याईएको संयोजक तथा प्रशिक्षक समेत रहेकी माझीको भनाई छ ।

कार्यक्रममा बागमती नगरपलिका–१२, का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ, नगर शिक्षा संयोजक राज कुमार बिश्वकर्मा, नगर शिक्षा अधिकृत मीन प्रसाद उपाध्याय, योङ कम्युनिस्ट लिग बागमती–१२, का रामकृष्ण प्रधान, शिव कर्मचार्य, सुनिता रोक्का, दुर्गा राई, शिक्षक राज कुमार कुश्वार लगाएतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles