Thursday, June 13, 2024

प्रमुख प्रशासकिय अधिकृतलाइ हातपात गरेको भन्दै कर्मचारी आन्दोलित

ताजा / भरखरै प्राप्त

हरिपुर्वा– वडाध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृतलाई हातपात तथा दुव्र्यवहार गरेको भन्दै हरिपुर्वा नगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् ।

बिहिवार जिल्लाको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपाने माथि नगरका विभिन्न वडाका वाडध्यक्षहरुले हातपात तथा दुव्र्यवहार गरेको कर्मचारीहरुको आरोप छ । घटना लगतै उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै नगरका अत्यावश्यक बाहेक सम्पुर्ण सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

घटना पछि आन्दोलित कर्मचारीहरुले जारी विज्ञप्ती नगर प्रमुख बिनोद कुमार साहलाई समेत बुझाएका छन् । नगर प्रमुख साहको कार्यकक्षमा बसेर कार्य सम्पादन गरिरहेको समयमा एक्कासी आएका वडाध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृत न्यौपाने माथि हातपात र दुव्र्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ ।

वडाध्यक्ष दिनेश राय, नोखेलाल राय समेतको उपस्थितीमा वडाध्यक्षहरु राम स्वार्थ राय, उमेश राय र प्रमोद रायले आफु माथि हातपात र दुव्र्यवहार गरेका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताए । उनीहरुले आफु माथि तथानाम गालिगलौज समेत गरेका उन्को भनाई छ ।

‘वडाध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृत माथि गरेको हातपात तथा दुव्र्यवहार अत्यन्त निन्दनिय कार्य भएकोले घोर भत्सना गर्दै दोसीउपर तुरन्त कार्वाहिको माग गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ । कर्मचारीहरुले दोसी माथि कार्वाही नहुन्जेल सम्पुर्ण कामकाज ठप्प पार्ने जनाएका छन् ।

यता वडाध्यक्षहरुले आफुहरुले प्रशासकिय प्रमुख माथि कुनै दुब्र्यवहार नगरेको दावी गरेका छन् । आफुहरुले विदा बसेको समयमा समेत हाजिरी गरेको र कार्यलय सहयोगि नियूक्तीको बिषयमा सोधपुछ गर्दा, सोधपुछ गर्ने तिमी को हौ ? भन्दै हप्कायको वडाध्यक्षहरुको आरोप छ ।

मेयर साहको कार्यकक्षका पुगेको आफुहरुको टोलीले प्रशासकिय प्रमुख माथि हातपात र दुव्र्यवहार गरेको कुरा वडाध्यक्ष उमेश रायले अस्वीकार गरे । घटनाको बिषयमा छालफल गर्ने नगर प्रमुख साहले जनाएका छन् । कर्मचारी र जनप्रतिनिधि विचको विवादको मार सेवाग्राहीमा पर्ने गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles