Tuesday, January 14, 2025

पोखरामा जहाज दुर्घटनाबाट ज्यान गुमाएका प्रति श्रदाञ्जली अर्पण

ताजा / भरखरै प्राप्त

सर्लाही–पोखरामा आईतवार भएको यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सोमबार सर्लाहीको विभिन्न स्थानमा संघ, संस्था र स्थानीयको अगुवाईमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । साझ सदरमुकाम मलंगवामा जिविस चोकमा सोक सभा आयोजना गरि मृतकहरु प्रति श्रदाञ्जली अर्पण गरिएको हो । जिल्ला समन्वय समिति सभापती कौशल किसोर सिहको नेतृत्वमा सभा आयोजना गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्लाका सम्पुर्ण सुरक्षा प्रमुख, नागरिक समाजका अगुवा, स्थानीय समेतको सहभागितामा सम्पन्न श्रद्धाञ्जली सभामा मृतकहरु प्रति एक मिनेट मौन धारण समेत गरिएको थियो ।

यस्तै सोही घटनाका मृतक प्रति दुख ब्यक्त गर्दै लालबन्दी नगरपालिकामा पनि साझ दिप्र प्रज्वलन गरिएको छ । लालबन्दी नगरपालिका–५, का वडाध्यक्ष कृष्ण कार्कीको नेतृत्वमा बजार क्षेत्रमा दिप प्रज्वलन तथा सोक सभा सम्पन्न गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । सभामा स्थानीय, ब्यापारी लगाएतको सभागिता रहेको थियो ।

यसैविच रामनगर गाउँपालिका–५, मा पनि सोक सभा सम्पन्न भएको छ । वडाध्यक्ष श्रीनन्दन प्रसाद यादवको अध्यक्षतामा दिप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण गरिएको हो । सोक सभाका बक्ताहरुले दुर्घटनामा ज्यान गुमाएका परिवार प्रति समबेदना तथा मृत आत्मा प्रति चिर शान्तीको कामना गरिएको थियो ।

आईतवार काठमाण्डौबाट चालक दलका चार सदस्य सहित ७२ जना सवार यती एयरको जहाज पोखरामा दुर्घटना हुदा ६९ जनाको मृत्यु भएको थियो । अझै तिनजना बेपत्ता रहेको र उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles