बागमती–नेपाल नगरपालिका कर्मचारी एसोशियसनको प्रादेशिक तथा सर्लाही जिल्ला अधिवेश सम्पन्न भएको छ ।
शनिवार बागमती नगरपालिका–१, आदर्श चोक स्थित सिता प्यालेस होटलको सभाहलमा एक कार्यक्रमका विच एसोशियसनको प्रादेशिक र सर्लाही जिल्ला अधिवेशन सम्पन्न भएको हो । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल) को प्रमुख आतिथ्यतामा सम्पन्न नेपाल नगरपालिका कर्मचारी एसोशियसनको प्रादेशिक र सर्लाही जिल्ला भेलाले सर्लाही जिल्ला समन्वय समिति र एसोशियसनको प्रादेशिक समिति विस्तार गरको छ ।
एसोशियसनको मधेश प्रदेश अध्यक्षमा सम्पन्न केन्द्रिय महाधिवेशबाट पुनः अजय कुमार शर्मा चयन भएका थिए । शनिवारको भेलाले १५ सदस्य समिति विस्तार गरेको छ । समितिको उपाध्यक्षमा गोविन्द राय, सचिवमा सरद लाभ, कोषाध्यक्षमा शुशिला रौनियार, सह–सचिवमा नरोत्तम अधिकारी र सदस्यहरुमा निर्मला देवी पासवान, मोहन दाश, बिसो यादव, रामकुमार यादव, सन्तोष गदाल, सरोज कुमार लाल दाश, उमेश कुमार लाल दाश, चन्द्र किशोर राम, बिक्रम नगरकोटी र धगन बुढाथोकी चयन भएका छन् ।
यसैविच सोही भेलाले अनिल गुप्ताको अध्यक्षतामा १६ सदस्य एसोशियसनको सर्लाही जिल्ला समन्वय समिति समेत गठन गरेको छ । जिल्ला समन्वय समितिको सचिवमा अशोक गुप्ता, कोषाध्यक्षमा रामध्यान राय र सदस्यहरुमा शुशिला रौनियार, सुर्यप्रसाद मैनाली, फौद सिंह घिसिङ, सुरेन्द्र सिंह दनुवार, किरण चौधरी, अजबलाल राय, दिनेश राय, रामाज्ञा बैठा, विजय महतो, देवनाथ राय, राजेन्द्र राय, रामबाबु राउत र सुनिल कुमार यादव चयन गरेको छ ।
यस पहिला सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाका मेयर बुुढाथोकीले सम्पुर्ण कर्मचारीलाई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न आग्रह गरे । नागरिकको सेवामा समर्पित कर्मचारीले पहुचका आधारमा नभई सबै सेवाग्राहीमा समान ढंगले सेवा प्रबाह गर्नुपर्ने बताए । उनले जुनसुकै ऐनबाट नियूक्त भएपनि राज्यको नजरमा कर्मचारी एकै हुनुपर्नेमा जोड समेत दिए ।
सर्लाही सहित मधेश प्रदेशका आठैँ जिल्लाका प्रतिनिधिहरुको सहभागितामा भब्य कार्यक्रमका विच एसोशियसनको प्रादेशिक तथा सर्लाही जिल्ला अधिवेशन सम्पन्न भएको एसोशियसनका जिल्ला अध्यक्ष अनिल गुप्ताले जानकारी दिए । कार्यक्रमा बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवालको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रम संचालक एवं एसोसियसनका केन्द्रिय उपमहासचिव चित्र बहादुर बिश्वकर्माले जानकारी दिए ।
कार्यक्रमका बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान, बरहथवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन थापा, प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण नेपालकी श्रोत ब्यक्ती पार्वती बिश्वकर्मा लगाएतको आतिथ्यता रहेको एसोशियसनले जनाएको हो । उद्घाटन समारोहमा थारु समुदायको भेषभुषामा सजिएका कलाकारहरुकोे सास्कृतीक प्रस्तुती समेत रहेको कार्यक्रम संचालक बिश्वकर्माले जानकारी दिए ।
भेलाबाट विस्तारित मधेश प्रदेश समितिका पदाधिकारी र सर्लाही जिल्ला समन्वय समितिका पदाधिकारीहरुले शनिवारनै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनीहरुलाई निर्वाचन मण्डलका संयोजक एसोशियसनका केन्द्रिय अध्यक्ष डम्बर रोगुले सपथ ग्रहण गराएका हुन् ।
यसैबिच एसोशिनका तर्फबाट केन्द्रिय अध्यक्ष रोगुले कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाका मेयर बुढाथोकी, बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवाल र हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रधानलाई मायाको चिनो समेत प्रदान गरे ।