Tuesday, July 16, 2024

नाईट्राभेट ट्याब्लेट सहित युवक पक्राउ

ताजा / भरखरै प्राप्त

हरिपुर-सर्लाही प्रहरीले हरिपुरबाट एक युवकलाई प्रतिबन्धित लागु औषध नाईट्राभेट ट्याब्लेट सहित पक्राउ गरेको छ ।

मंगलवार हरिपुर नगरपालिका–८, हात्तिसार स्थित नवलपुर–मलंगवा सडक खण्डबाट लागु औषध नाईट्राभेट सहित गोडैता नगरपालिका–७, बस्ने २० बर्षका दिपक बैठा पक्राउ परेका हुन् । उन्को साथबाट प्रहरीले २६ पत्ता ७८० पिस नाईट्राभेट–१०, ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको हो ।

गोडैता घर भई हरिवन नगरपालिका–९,मा डेरामा बस्दै आएका बैठा सवार ना १ ज २३८२ नम्बरको म्याजिक भ्यानका चालक सगँ भाडाको बिषयमा विवाद भएपछि भाग्दै गरेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

पक्राउ परेका उन्लाई शंका लागेर शरिर खानतलासी गर्ने क्रममा उन्को साधबाट लागु औषध बरामद भएको थियो । पक्राउ परेका बैठालाई प्रहरीले प्रतिवधित लागु औषध कारोवार सम्बन्धी मुद्धामा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles