Thursday, June 13, 2024

हरिपुर र इश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

सर्लाहीको हरिपुर र बाँके जंगलमा दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

शुक्रवार राती हरिपुर नगरपालिका–८, जगतपुर स्थित मलंगवा–नवलपुर सडक खण्डमा भएको दुर्घटनामा साईकल यात्री हरिपुर–२ बस्ने ३५ बर्षका चक्रेश्वर चौधरीको ज्यान गएको हो । चौधरीलाई प्रदेश २–०३–००१ च २३९६ नम्बरको बालेरोले ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट गम्भिर घाईते भएका उन्को प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै ईश्वरपुर नगरपालिका–१२, बाँके जंगल स्थित पुर्व पश्चिम लोकमार्गमा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा धनुषाधाम नगरपालिका–३, बस्ने ३० बर्षका रोशन यादवको मृत्यु भएको हो । गएराती उनी सवार ना १ ब २५५६ नम्बरको सरकारी मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका उन्को प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । प्रहरीका अनुसार मृतक दुवैजनाको सव पोष्टमार्टमका लागि प्रेदशिक अस्पताल मलंगवामा राखिएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारी र बोलेरो चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles