हरिवन-सर्लाहीमा निःशुल्क मोतिबिन्दुको समस्या भएका विमारीको आँखाको शल्यकृया गरिएको छ ।
जिल्लाका विभिन्न पालिकाका मोतिबिन्दुको समस्या भएका विमारीको निःशुल्क शल्यकृया गरिएको हो । आँखाको शल्यकृया गरिएका विमारीहरुलाई निःशुल्क औषधी एवं चस्मा समेत वितरण गरिएको थियो । भरतपुर आँखा अस्पताको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा ६ वटा पालिकाका २ हजार ३ सय ८३ जनाको आँखाको परिक्षण गरिएको छ ।
त्यस मध्य ५ सय २ जनामा मोतिबिन्दुको समस्या देखिएको चिकित्सकहरुले बताएका हुन् । डार्क फाउण्डेसन र पार्टनर फर ईक्विटीको आर्थिक सहयोग मंसिर २३ गतेबाट ८ दिन सम्म आँखा शिविर संचालन भएको थियो । चिकित्सकहरुले जिल्लाको बागमती, हरिवन, लालबन्दी, हरिपुर, बरहथवा र गोडैता नगरपालिकाका विभिन्न स्थानमा गएर विमारीहरुको आँखाको ‘स्कृनिङ’ गरेका थिए ।
मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने बिमारीको संख्या अत्यधिक भएपछि एक दिन थप गरेर उपचार गरिएको सगुण बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक रबिन्द्र राणाले जानकारी दिए । प्रवन्धक राणाका अनुसार विमारीहरुको गोडैता नगरपालिका स्थित बेणी भोला नमुना माध्यामिक बिध्यालय र हरिवन स्थित चत्तुर भुजेश्वर महादेव मन्दिर प्रांगणमा आँखाको शल्यकृया गरिएको हो ।
अधिकांस बृद्धबृद्धाहरु मोतिबिन्दुको समस्याबाट ग्रसित हुनेगरेका र उहाँहरुले टाडा धाएर महंगोमा उपचार गर्न नसक्ने भएकोले संस्थाले शिविर संचालन गरेको अध्यक्ष केशव प्रसाद ढकालले जानकारी दिए ।