Thursday, June 13, 2024

सर्लाहीमा छुट्टा छुटै घटनामा दुईजनाको ज्यान गयो

ताजा / भरखरै प्राप्त

सर्लाही-जिल्लाका दुई छुट्टा छुटै स्थानमा भएको घटनामा परेर दुईजनाको ज्यान गएको छ ।

मंगलवार ब्र्रह्मपुरी गाउँपालिका–६, नोकेल्वामा पोखरीमा ढुबेर एक बालिकाको मृत्यु भएको हो । सोही स्थानका देवशरण रायकी छोरी १० बर्षकी उषा कुमारी यादवको पोखरीमा ढुबेर ज्यान गएको प्रहरीले जनाएको छ । मंगलवार बिहान घरबाटै बेपत्ता भएकी बालिकाको साझ घरदेखी ४ सय मिटरको दुरीमा रहेको रत्नेश्वर रायको पोखरीमा ढुबेको अवस्थामा सव फेला परेको थियो ।

घटना लगतै पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी सव परिक्षणको लागि प्रदेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ ।

यस्तै जिल्लाको लालबन्दी नगरपालिका स्थित नवलपुरमा घरको बरण्डाबाट लडेर एक पुरुषको ज्यान गएको छ ।

मंगलवार राती लालबन्दी नगरपालिका–१, नवलपुर बजारमा कोठा लिएर बस्दै आएका धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, स्थाई घर भएका ५० बर्षका भरतलाल लामाको घरको बरण्डाबाट लडेर ज्यान गएको हो । राती अध्यारोमा कोठाको चावी खोज्ने क्रममा एक्कासी बरण्डाबाट लडेको प्रहरीले जनाएको छ । उन्को तत्काल उद्धार गरी नमुना अस्पताल हरिवन पुर्याएको थियो ।

अस्पताल पुग्ने वित्तिकै चिकित्सकले लामालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको सुचना अधिकारी एवं डिएसपी विजय श्रेष्ठले जानकारी दिए । मृतक लामाको सव परिक्षणको लागि प्रदेशिक अस्पताल मलंगवामा राखिएको छ । दुवै घटनाको थप अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles