Sunday, March 16, 2025

बागेश्वरी साकोसको १० औँ साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती-सर्लाहीको बागमतीमा रहेको बागेश्वरी सहकारी संस्थाले १० औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शुक्रवार बागमती नगरपालिका–१२, स्थित संस्थाको प्रांगणमा आयोजित कार्यक्रमका विच १० औँ बार्षिक साधारण सभा सम्पन्न गरिएको संस्थाले जनाएको हो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको संस्थाका अध्यक्ष देव कुमार कर्मचार्यले जानकारी दिए । मेयर थापाले संस्थाको ब्यानर पदार्पण गरेर सभाको समुदघाटन गरेका थिए ।

आयोजित साधारण सभा समक्ष संस्थाको आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाकी ब्यवस्थापक सुभद्रा पाण्डेका अनुसार संस्थाले गत आर्थिक बर्षमा २ करोड ८० लाख ६६ हजार २ सय ५२ रुपैया बराबरको आर्थिक कारोवार सम्पन्न गरेको छ । त्यसबाट संस्थाले १२ लाख ७४ हजार ५२ रुपौया बराबरको खुद मुनाफा आर्जन गरेको संस्थाले जनाएको हो ।

कार्यक्रममा कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरिराम काफ्ले, पशुपति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बद्रि खड्का, साना किसान कृषि सहकारीका अध्यक्ष उत्तम आचार्य, ग्रामिण बिद्युत संस्थाका अध्यक्ष गोपाल थापा, संस्थाका संस्थापक सदस्य दिपक कुमार राणाभाट, बागमती बचत तथा ऋण सहकारीका ब्यवस्थापक देव कुमार खड्का लगाएतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles