बागमती–सर्लाहीको बागमतीमा आधारभुत तह नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ ।
बिहिवार बागमती नगरपालिका–८, सोल्टी बजारमा रहेको श्री जनता नमुना माध्यामिक बिद्यालय प्रांगणमा नगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको होे । प्रतियोगितामा बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिध्यालयका छात्र छात्राहरु प्रथम भएका छन् ।
यस्तै प्रतियोगितामा श्री जनता नमुना माध्यामिक बिध्यालय सोल्टी द्धितृय र श्री जनवाल कल्याण माध्यामिक बिध्यालय धरहरा तृतिय हुन सफल भएको हो । प्रतियोगितामा सहभागि अन्य बिध्यालय तथा प्रथम, द्धतिय र तृतिय हुने बिध्यार्थीहरुलाई स्टेश्नरी समाग्री र ब्याग सहित प्रमाण–पत्रले पुरस्किृत गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ठ हुने बिध्यालयका छात्रछात्राहरुलाई कार्यक्रममा प्रमुख अतिथि बागमती नगरपालिकाका कार्यपालिका सदस्य एवं नगर शिक्षा शाखा संयोजक राजकुमार बिश्वकर्माले पुरस्कार प्रदान गर्नु भयो । बागमती नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगिताको ब्यवस्थापन जनता नमुना माध्यामिक बिध्यालय सोल्टीले गरेको थियो ।
बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार तुम्सिङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती नगरपालिका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय, वडा नम्बर–८, का वडाध्यक्ष डम्बर बहादुर कार्की, वडा सदस्य, विभिन्न बिध्यालयका शिक्षक एवं प्रतिनिधि, अभिभावकहरुको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिध्यार्थीहरुको समेत सहभागिता रहेको कार्यक्रम संचालक एवं शिक्षक कविराज सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका ७ वटा बिध्यालयको आधारभुत तह कक्षा ६ देखी ८ सम्मका २१ जना छात्रछात्राहरुले सहभागिता जनाएका शिक्षक मनोज खनालले बताउनु भयो ।