Friday, February 23, 2024

दाउरा खोज्न निस्किएकी वृद्धको कठ्यांग्रियर ज्यान गयो

ताजा / भरखरै प्राप्त

बसबरिया-चिसो छल्न दाउरा खोज्न निस्किएकी एक वृद्धको कठ्यांग्रियर ज्यान गएको छ ।

सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढा निवासी ७९ वर्षिय श्रीपतिदेवी पासवानको चिसोले कठ्यांग्रियर मृत्यु भएको हो । आगो ताप्न दाउँरा खोज्न हिडेकी उन्को बाटोमै कठयांग्रियर ज्यान गएको हो । बाटोमा लडेर अचेत भएपछि उनलाई तत्काल परिवारले अस्पताल लिएर गएका थिए ।

बृद्धको बाटोमानै मृत्यु भएको उन्का छोरा बच्चेलाल पासवानले बताए । मंगलवार यता जिल्लामा सितलहर सुरु भएको छ । न्यानो कपडा समेत नभएकी विपन्न दलित परिवारकी उनी चिसोले कठ्यांग्रियको आशंका गरिएको छ । यस पहिला कुनै रोग नरहेकी आफ्नी आमा चिसोले कठ्यांग्रियकी छोरा बच्चेलालको दावी छ । बृद्धको चिसोले कठ्यांग्रियर ज्यान गए÷नगएको बुझ्ने काम भईरहेको सर्लाहीका प्रहरी नायव उपरिक्षक बिजय श्रेष्ठले जानकारी दिए ।

सर्लाहमा चिसोले कठ्यांग्रिएर विपन्न परिवारले वर्षेनी आफ्न्त गुमाउने गरेका छन् । चिसो सुरु भए यता जिल्लामा तिन जनाको ज्यान गईसकेको छ । मृतकका आफन्तले चिसोबाट कठ्याग्रियर ज्यान गएको दावी गरिरहेका छन् । तर, सव परिक्षण नभएकोले मृत्युको कारण एकिन गर्न नसकिएको जिल्ला प्रहरीको भनाई छ । यस पहिला जिल्लाको हरिपुर नगरपालिका–६, लक्ष्मीपुर र वडा नम्बर–९, पिडारीमा गरी ३ जनाको ज्यान गइसकेको छ ।

प्रभावित तथा पिडित परिवारलाई चिसोबाट जोगाउन स्थानीय सरकारले कुनै कदम नचालेको नागरिक समाजका अगुवा उग्रकान्त झाले बताए । सर्लाहीमा अहिले अत्याधिक चिसो बढेको छ । बिहानैदेखि घाम लागेको छैन । भन्ने बाक्लो हुस्सु र शितलहर चलिरहेको छ । अत्याधिक चिसोका कारण यहाँका जनजीवन प्रभावित भएका छन् । स्थानीयलाई घरबाट बाहिर निस्कन सकस भईरहेको छ ।

चिसोबाट पशु चौपाया समेत संकटमा परेका छन् । चिसोले मधेशका विपन्न परिवार न्यानोको ब्यवस्था गर्न नसकेर थप मारमा पर्ने गरेका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles