हरिपुर- ग्रामीण नारी उत्थान संघको संस्थागत वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार सर्लाहीको हरिपुर नगरपालिका–२, स्थित संस्थाकै सभा हलमा उपाध्यक्ष विष्णु प्रसाद चालिसेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, हरिपुर र ईश्वरपुरको विभिन्न वडाका वडाध्यक्ष, ईश्वरपुरका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, विभिन्न विषयगत शाखाका प्रमुख र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
ग्रामीण नारी उत्थान संघले अहिले सेभ द चिड्रेनसँग समन्वय गरी हरिपुर र ईश्वरपुर नगरपालिकामा पहुँच, समुन्नति र सीडा परियोजना संचालन गरिरहेको छ । यि ३ परियोजनाका लागि सन् २०२२ मा ६ करोड ५५ लाख ५७ हजार ७११ रुपैयाँ ३८ रुपैयाँ बजेट प्राप्त भएकोमा ६ करोड ४३ लाख ४५ हजार ७४७ रुपैयाँ खर्च भएको कार्यक्रममा जानकारी गराइएको छ ।