Friday, January 24, 2025

गोरखापत्रकर्मी खत्रीलाई स्वर्गिय गजेन्द्र नारायण स्मृती पुरस्कार

ताजा / भरखरै प्राप्त

सर्लाही-नेपाल पत्रकार महासंघ सर्लाही शाखाले गोरखापत्रकर्मी जनार्जन खत्रीलाई स्वर्गिय गजेन्द्र नारायण स्मृती पुरस्कारबाट सम्मानीत गरेको छ ।

मंगलवार महासंघ सर्लाही शाखाको ११ औँ साधारण सभा मार्फत खत्रीलाई उक्त पुरस्कार प्रदान गरिएको अध्यक्ष टंक बहादुर क्षेत्रीले जानकारी दिए । खत्री गोरखापत्र लगाएत जिल्लाका विभिन्न संचार संस्थामा सकृय छन् । जिल्लामा कृयाशिल पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण सूरु गरिएको महासंघ सर्लाही शाखाले जनाएको छ ।

सर्लाहीलाई कर्मथलो बनाएर लामो समय पत्रकारीतामा समेत सकृय पुर्व प्रदेश प्रमुख राजेश झा (अहिराज) ले अक्षय कोष स्थापनाका लागि २०७६ सालमा ५१ हजार प्रदान गरेका थिए । सोही कोषबाट प्रतेक बर्ष वितरण गर्ने गरी स्वर्गिय गजेन्द्र नारायण स्मृती पुरस्कार वितरण सुरु गरिएको हो । कोरोना संकटका कारण अबरुद्ध भएपछि पहिलो पटक यो पुरस्कार वितरण गरिएको महासंघ सर्लाही शाखाले जनाएको छ ।

खत्रीले पुरस्कार स्वरुप नगर १५ हजार ५ सय ५५ रुपैया र सम्मान पत्र प्राप्त गरेका छन् । पुरस्कार कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रिंकु कुमारी मिश्र र सर्लाही १(ख) बाट नव निर्वाचित प्रदेश सभा सदस्य बेची लुंगेलीले सम्युक्त रुपमा हस्तान्तरण गरिन् । यसरी वितरण गरिएको पुरस्कारबाट ब्यवसायीक पत्रकारीतामा आकर्षण बड्ने कार्यक्रमकी प्रमुख अतिथि मिश्रको भनाई थियो ।

यसैविच नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ साधारण सभा सम्पन्न भएको छ । गत आईतवारका लागि तय भएको साधारण सभा मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको असामयिक निधन पछि स्थगीत भएको थियो । साधारण सभाको बिशिष्ठ अतिथिको रुपमा सर्लाही आएका ६७ बर्षीय भट्टराई आईतवार बिहान मृत फेला परेका थिए ।

मंगलवार साधारण सभा संचालन पुर्व भट्टराईको तस्विरमा माल्यअर्पण गर्दै श्रदाञ्जली अर्पण गरिएको थियो ।

नेपाल पत्रकार महासंद्ध सर्लाही शाखा अध्यक्ष क्षेत्रीको सभाध्यक्षतामा सम्पन्न सभामा महासंघकी केन्द्रिय सदस्य मिश्रको प्रमुख आतिथ्याता रहेको थियो । कार्यक्रममा मिडिया प्रधिकरण मधेश प्रदेश प्रमुख स्याम सुन्दर शशी, संघका पुर्व सभापती, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, तिन वटै सुरक्षा निकाय प्रमुख एवं प्रतिनिधि लालबन्दी नगरपालिकाका प्रमुख बाशुदेव तिमल्सीना लगाएतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles