Wednesday, February 21, 2024

हरिवन सिटी जेसीजले सप्ताहब्यापी कार्यक्रम गर्ने

ताजा / भरखरै प्राप्त

हरिवन-बार्षिक कार्यक्रम अन्तरगत हरिवन सिटि जेसीजले सप्ताहब्यापी कार्यक्रम गर्ने भएको छ ।

मंगलवार पत्रकार सम्मेलन आयोजना गरेर हरिवन सिटी जेसीजले बार्षिक कार्यक्रम अन्तरगत सप्ताहब्यापी कार्यक्रम सार्वजनिक गरेको हो । सम्मेलन मार्फत प्रस्तावित जेसीज हरिवन सिटीका अध्यक्ष बिनोद महतले विभिन्न कार्यक्रम गरिने जानकारी दिए ।

जेसीज हरिवन सचिवालयमा भएको कार्यक्रममा कात्तिक २४ गते देखी २७ गते सम्म रक्तदान शिविर देखी सचेतना कार्यक्रम सम्मको कार्यक्रम गरिने उल्लेख छ । कार्यक्रम तालिका अनुसार २४ गते विहिवार उद्घाटन तथा पुर्व पश्चिम राजमार्गमा जेब्रा क्रस पेन्ट गर्ने भएको छ ।

यस्तै मानव सेवा आश्रममा सहयोग हस्तान्तरण, लागु औषध दुर्वेशनी विरुद्द सचेता, अशक्त सहयोग, रक्तदान शिविर, मैत्रीपुर्ण फुटवल र पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने प्रस्तावित जेसीज हरिवन सिटीका कार्यवाहक उपाध्यक्ष निरज कार्कीले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री लगाएत पत्रकारहरुको सहभागिता रहेको प्रस्तावित जेसीज हरिवन सिटीका महासचिव श्रवण भट्टराईले जानकारी दिए । सोही पत्रकार सम्मेलन मार्फत प्रस्तावित जेसीज हरिवन सिटीले सप्ताहब्यापी कार्यक्रममा सहभागि भई कार्यक्रम सफल बनाई दिन सबैमा अनुरोध समेत गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles