Wednesday, February 21, 2024

डुबेर एक पुरुषको ज्यान गयो

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा पोखरीमा डुबेर एक पुरुषको ज्यान गएको छ ।

आईतवार राती हरिवन नगरपलिका–१ स्थित मानव सेवा आश्रममा बस्दै आएका एक पुरुषको डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार दुई महिना पहिलाबाट आश्रममा आश्रय लिएर बस्दै आएका अन्दाजी ३० बर्षका केदार दर्लामीको आश्रम प्रांगणमै रहेको पोखरीमा डुबेर ज्यान गएको हो ।

उनी मानसिक रुपमा अस्वस्थ रहेको समेत आश्रमले जनाएको छ । दर्लामीलाई पानीमा डुबेको अवस्थामा भेटिएपछि प्रहरीलाई खवर गरिएको थियो । दर्लामीको सव मुचुल्का गरेर परिक्षणको लागि प्रादेशिक अस्पताल मलंंगवा पठाईएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles