Friday, February 23, 2024

सर्लाही ४(ख) मा गठवन्धनकै उम्मेदवार झिनो मतान्तरले विजयी

ताजा / भरखरै प्राप्त

सर्लाही क्षेत्र नम्बर ४(ख) मा गठवन्धनकै नेकपा माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका महतो ८ हजार ३३ मत सहित विजयी भएका हुन् । माओवादीका महतोले स्वतन्त्र उम्मेदवार अनिता देवीलाई ३ सय ५७ मतको झिनो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

सुरुदेखीनै महतोलाई पच्छ्याई रहेकी अनिता देवीले ७ हजार ६ सय ७६ मत मात्र प्राप्त गरिन् । यस्तै जनमत पार्टीका संजय सिंहले ५ हजार १ सय ४७ र स्वतन्त्र उम्मेदवार श्रीचन यादवले ३ हजार ५ सय ४४ मत मात्र प्राप्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles