सर्लाही क्षेत्र नम्बर ४(क) मा नेपाली कांग्रेसका बिरेन्द्र प्रसाद सिंहले बाजी मारेका छन् ।
प्रदेश सरकारका पुर्व मन्त्री समेत रहेका सिंह १५ हजार ६ सय ९३ मत सहित विजयी भएका जिल्ला निर्वाचन कार्यलय सर्लाहीले जनाएको छ । उन्ले १ हजार ७७ मतले नेकपा एमालेका उम्मेदवार रामबाबु यादवलाई पछाडि पार्दै बाजी मरेका हुन् । एमालेका यादवले १४ हजार ६ सय १६ मत मात्र प्राप्त गरे ।
बाजी मारे सगैँ पुर्व प्रदेश मन्त्री सिंहले नयाँ कार्यकालको लागि जित दोहोर्याएका छन् । यस्तै जनमत पार्टीका प्रमोद कुमार रायले २ हजार ३ सय ८८ मत मात्र प्राप्त गरे । निर्वाचन कार्यलयका अनुसार यस क्षेत्रमा ३८ हजार ८ सय ५७ मत खसेको थियो ।