Monday, December 2, 2024

सर्लाही ३ मा माओवादीलाई पराजित गर्दै एमालेका उप्रेती विजयी

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती विजयी भएका छन् ।

गठवन्धन पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई ७ सय ७० मततान्तरले पराजित गर्दै एमाले नेता हरिप्रसाद उप्रेती विजयी भएका हुन् । नेता उप्रेतीले २३ हजार ९ सय ३८ मत प्राप्त गरे । भने, गठवन्धन उम्मेदवार माओवादीका नेता साह्ले २३ हजार १ सय ६८ मत मात्र प्राप्त गरे । उनीहरु विच मत गणनाको अधिकांस समय अत्यन्त कडा प्रतिस्पर्धा भएको थियो ।

मत गणना भरीनै दुवै उम्मेदवारले पालैपालो अग्रता कायम गरेका थिए । यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार त्रिभुवन सिंहले ५ हजार ५ सय १९ मत प्राप्त गरेका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का उम्मेदवार पञ्च बहादुर सिंतानले ३ हजार ५ सय ६६ मत प्राप्त गरे । यस क्षेत्रबाट ०७४ को निर्वाचनमा नेकपा माओवादीका रामेश्वर राय यादव विजयी भएका थिए ।

०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका साहलाई माओवादी केन्द्रका नेता यादवले पारजित गरेका थिए । यस क्षेत्र नम्बर ३ मा १ लाख २७ हजार ८ सय ३४ कुल मतदातामा ६३.२० प्रतिशत मत खसेको थियो । अर्थात ८० हजार ७ सय ९४ जनाले मतदान गरेका थिए । मतदान भएको कुल मतको ४.४६ प्रतिशत अर्थात ३ हजार ६ सय ४ मत बदर भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles