सर्लाही-सर्लाही क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेलाई पराजित गर्दै स्वतन्त्र उम्मेद्वार जवाहरलाल कुशवाहले बाजी मारेका छन् ।
स्वतन्त्र उम्मेद्वार कुशवाहले १ हजार ४ सय ३० मतान्तरले नेकपा एमालेका उम्मेद्वार गणेश प्रसाद प्रसाईंलाई पराजित गरेका हुन् । कुशवाहले १६ हजार ५ सय ९१ मत प्राप्त गर्दा एमालेका प्रसाईले १५ हजार १ सय ६६ मत मात्र प्राप्त गरे ।
नेकपाका प्रसाई र स्वतन्त्र उम्मेद्वार कुशवाह विच मतगणना अवधि भर निकै राेचक प्रतिस्पर्धा भएकाे थियाे । यस्तै तेस्राे स्थानमा देखिएकाे एकीकृत समाजवादी पार्टीका उम्मेद्वार डिल्ली प्रसाद उप्रेतीले ५ हजार ३ सय ७२ मत मात्र प्राप्त गरे । कुशवाहलाई केही समय पहिला मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी प्रवेश गराएका थिए । गठवन्धनका कारण यस प्रदेश एकीकृत समाजवादीलाई परेकाे थियाे । त्यसपछि माओवादी नेता कुशवाहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
याे सगैँ सर्लाही क्षेत्र नम्बर २ काे दुई प्रदेशकाे मात्र अन्तिम नतिजा आउन बाँकी छ ।