Friday, February 23, 2024

सर्लाही १ (ख) मा समाजवादीकी लुंगेलीको जित सुनिश्चित

ताजा / भरखरै प्राप्त

सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा नेकपा समाजवादीकी उम्मेदवार बेची लुंगेलीको जित सुनिश्चित भएको छ ।

ताजा मत परिणाम अनुसार १२ हजार ६ सय ८९ मत ल्याएकी नेकपा समाजवादीकी लुंगेलीले भारी मतान्तर सहित जित सुनिश्चित गरेकी हुन् । लुंगेलीकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्ति लामा आधा मतले पछाडि छोडिएकी छिन् । अहिले सम्म एमालेकी लामाले ६ हजार ३ सय ९४ मत मात्र आएको छ । भने, स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ४७ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा कुल मतको ५९.७६ प्रतिशत अर्थात ३८ हजार २ सय ७२ मत खसेको थियो । त्यस मध्य ३४ हजार ८ सय ६६ मत गणना भईसकेको छ । अहिले सम्मको गणना अनुसार निकटतम प्रतिस्पर्धी एमालेकी लामा भन्दा लुंगेली ६ हजार २ सय ९५ मतले अगाडि छिन् । भने, यस प्रेदश क्षेत्रको ३ हजार ४ सय ६ मत मात्र गणना हुन बाँकी देखिएको छ ।

नेकपा समाजवादीकी लुंगेली २०७४ को प्रदेश सभा निर्वाचनमा पनि यहि क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद हुन् । यो सगैँ उन्ले जित दोहो¥याउने पक्का भएको छ । यस्तै उन्लाई पच्छ्याई रहेकी नेकपा एमालेकी शान्ति कुमारी लामा लालबन्दी नगरपालिकाकी निवर्तमान उपमेयर हुन् । यस क्षेत्रको बाँकी मत गणना चलिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles