Saturday, May 18, 2024

मोटरसाईकल दुर्घटनामा चालकको ज्यान गयो

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा– ईश्वरपुर, मोटरसाईक दुर्घटना परेर सर्लाहीको ईश्वरपुरमा एक यूवकको ज्यान गएको छ ।

शुक्रवार ईश्वरपुर नगरपालिका–९, स्थित खोरिया टोलमा नम्बर नखुलेको मोटरसाईकल दुर्घटनामा सोही मोटरसाईकल चालकको ज्यान गएको हो । दुर्घटनामा मोटरसाईकल चालक चन्द्रनगर गाउँपालिका–६, का बिजय मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

दुर्घटनामा मुख, टाउको लगाएत शरिरको विभिन्न भागमा चोटलागेर गम्भिर भएका मुखियाको स्वास्थ्य संस्था पुगे पछि ज्यान गएको प्रत्यक्षदर्शीको भनाई छ । दुर्घटना लगतै स्थानीयले उद्धार गरेर मुखियालाई सिद्धिबिनायक अस्पताल पु¥याएका थिए । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।

बयलवासबाट तिब्र गतिमा चन्द्रनगरको नाढिमैन तर्फ जादै गरेको मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटनामा परेको प्रारम्भिक जाचबुझबाट खुलेको छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

सव प्रहरीले प्रदेशिक अस्पताल मलंगवामा परिक्षण पश्चात आफन्तको जिम्मा लगाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles