सर्लाही–आईतवार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि जिल्लाको भारत सगँ जोडिएका सिमा सिल गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यलय सर्लाहीले सूचना जारी गर्दै भारत सगँको सिमा क्षेत्र ४८ घण्टा अर्थात मंसिर ४ गते राती १२ बजे सम्मको लागि सिल गरिने जनाएको हो । निर्वाचनलाई स्वच्छ, मर्यादित, निष्पक्ष, सुरक्षित एवं भयरहित ढंगले सम्पन्न गर्न सिमा सिलगर्न लागिएको सहाएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले हस्ताक्षरित सूचनामा भनिएको छ ।
‘निर्वाचन सुरक्षा (ब्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६(झ) बमोजिम भारत सगँ सिमा जोडिएका सर्लाही जिल्लाका सम्पुर्ण सीमा नाकाहरु २०७९ मंसिर १ गते बिहिवार राती १२ बजे देखी २०७९ मंसिर ४ गते आईवार राती १२ बजे सम्म पूर्णरुपमा बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।
केही दिन पहिला मात्र दुवै देशका जिल्ला स्तरीय सुरक्षा निकायको सम्यूक्ता बैठक समेत सम्पन्न भएको थियो । उक्त बैठकमा नेपालमा हुन गईरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुरक्षामा दुवैतर्फबाट सहयोग गर्ने समेत समझदारी भएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको हो ।