Tuesday, June 25, 2024

बिमलको गोलमा बागमती सी डिभिजन छनौट लिग च्याम्पियन

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाहीको बागमती यूवा क्लव बागमती सम्पन्न सहिद स्मारक सी डिभिजन छनौट लिग च्याम्पियन बनेको छ ।

बिहीबार सम्पन्न शहिद स्मारक सी डिभिजन लिग छनौटको फाईनल खेलमा समुह (ए) विजेता गोलबजार यूवा स्पाेर्ट क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै बागमती यूव क्लव उपाधि उचाल्न सफल भएको हो । बागमतीको जितमा विमल घिसिङले गरेको एक मात्र गोल निर्णयक बन्यो ।

मोफसलको फुटबलमा राम्रो पहिचान बनाएर सक्रिय बागमती युवा क्लब, सर्लाहीले विगत ६ बर्ष देखी राजर्षि जनक कप आयोजना गर्दै आएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल भिडन्तमा गोलबजार स्र्पोटस क्लब उप विजेतामै सिमित भयो ।

सहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत दुई समुहबाट विजेता बनेको बागमती यूवा क्लव र गोलबजार स्र्पाट क्लव यस पहिलानै सी डिभिजनमा बढुवा भइसकेका छन् । विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य अतिथी तथा पदाधिकारीहरुले पुरस्कृत गरेका थिए ।

क्लवको ठुलो सपना पुरा भएको भन्दै अध्यक्ष किस्मत राज मैनालीले आगामी यात्रा थप सशक्त बनाउने बताए । (फोटो सौजन्य/अखिल नेपाल फुटवल संघ)

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles