Saturday, May 18, 2024

बागमतीको काजिराम टोलै माओवादी केन्द्रमा प्रवेश

ताजा / भरखरै प्राप्त

बागमती–प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा सर्लाहीको बागमती नगरपालिका स्थित एउटा गाउँनै माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

बुधवार सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बागमती नगरपालिका–१२, स्थित काजिराम टोलाका दुई सय जना स्थानीय नेता तथा कार्यकर्ता एकैसाथ नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् । उक्त टोल नेकपा एमालेको पुरानो गढको रुपमा रहेको थियो । चुनावको मुखमा पुरा गाउँनै माओवादी केन्द्र प्रवेशले नेकपा एमालेलाई ठुलो धक्का लागेको स्थानीयको बुझाई छ ।

उक्त काजिराम टोलका सबै एमाले नेता तथा कार्यकर्ता सहित शुभेच्छुहरू माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र बागमती नगर कमिटिले जनाएको हो । उनीहरू सबैलाई माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया वलले पार्टीमा स्वागत गरिन् । नेकपा एमालेभित्र व्यक्तिवाद मौलाएको, अहंकार र मनपरीतन्त्र बढ्दै गएकोले पार्टी परित्याग गरेको उनीहरुले बताए ।

उनीहरुलाई पार्टीमा स्वागत गरिए सगैँ उनीहरुले समेत सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेन्द्र साहलाई अबिर माला लगाएर शुभकामना ब्यक्त गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles